सिन्धुपाल्चाेककाे हेलम्बुमा बस दुर्घटना : एक जनाकाे ज्यान गयाे

जनपत्र
२४ कार्तिक २०७८, बुधबार १४:१२

सिन्धुपाल्चाेक – सिन्धुपाल्चाेककाे हेलम्बु-७ इचोकबाट काठमाण्डौका लागि छुटेको यात्रुवाहक बस इचोकमा दुर्घटनामा परेको छ । बस दुर्घटना हुँदा एक जनाको ज्यान गएकाे छ । पाँच जना घाइते भएका छन् ।

सिन्धु हेलम्बु यातायात प्रालिको  बा ४ ख ५८१५ नं को बस हेलम्बुको इचोकमा आज बिहान दुर्घटनामा परेकाे हाे ।

दुर्घटनामा हेलम्बु–३ पाल्चोककी ५५ वर्षीया पासाङ तामाङकाे ज्यान गएकाे इलाका प्रहरी कार्यालय हेलम्बुले जानकारी दिएको छ ।

घाइते हुनेमा हेलम्बु-६ का अनुज तामाङ, ‍त्यही ठाउँका पासाङ दोर्जे, साजन तामाङ, जङ्बु तामाङ, हेलम्बु-७ का आयुष पण्डित रहेका इलाका प्रहरी कार्यालय हेलम्बुका प्रहरी नायब निरीक्षक सुनिल थापाले जानकारी दिनुभयो ।

घाइतेको उपचारका लागि धुलिखेल अस्पताल लगिएको छ । बस चालकलाई  प्रहरीले  नियन्त्रणमा लिइ अनुसन्धान सुरु गरेको छ । ब्रेक फेल भएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय हेलम्बुले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*