आप्रवासीहरु ओइरिनुमा रुसी राष्ट्रपति पुटिन दोषी ः पोल्यान्ड

जनपत्र
२४ कार्तिक २०७८, बुधबार १२:५४

काठमाण्डाै – पाेल्यान्डले आफ्नो सीमामा देखिएको आप्रवासी समस्याको पछाडि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको हात रहेको आरोप लगाएको छ ।

पाेल्यान्डका प्रधानमन्त्री म्याट्युस मोरावियस्कीले बेलारुससँगको सीमा नाकामा अवैध आप्रवासीहरु ओइरिनुमा पुटिन दोषी रहेका आरोप  लगाउनु भएको हो ।

पुटिनसँग निकट रहेका बेलारुसका राष्ट्रपति एलेक्जेन्डर लुकासेन्कोले आप्रवासीहरुलाई आफ्नो देशबाट पाेल्यान्ड हुँदै युरोपका अन्य देशहरुमा छिर्न उक्साएको उहाँको आरोप छ ।

बेलारुसी नेता एलेक्जेन्डरले भने युरोपेली सङ्घको प्रतिबन्धको बदलामा आप्रवासीलाई सीमातर्फ पठाइएको भन्ने आरोप अस्वीकार गर्नु भएको छ । तर अवस्था बिग्रिएमा आफूले रुसको सहायता लिने उहाँको चेतावनी छ ।

पाेल्यान्डसँगको सीमा नाका बेलारुसमा झण्डै दुई हजार आप्रवासी अहिले पनि पाेल्यान्ड छिर्न पर्खेर बसेका छन् । ती आप्रवासीहरूमा धेरैजसो मध्यपूर्व, अफगानिस्तान र अफ्रिकाका नागरिक रहेको बीबीसीले जनाएको छ । पाेल्यान्डले आप्रवासीको प्रवेश रोक्न सीमामा सेना परिचालन गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*