मिडियालाई नियन्त्रण सरकारको कुनै नीति छैन–मन्त्री जमकट्टेल

जनपत्र
९ जेष्ठ २०७६, बिहीबार १४:३४

हेटौंडा । प्रदेश नम्बर ३ का आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलले मिडियालाई नियन्त्रण गर्ने प्रदेश सरकारको कुनै पनि नीति नरहेको बताउनुभएको छ । प्रदेश नम्बर ३ को आन्तरिक मामिला तथा कानून मन्त्रालय, प्रेस रजिष्ट्रारको कार्यालयको आयोजान तथा नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ३ को संयोजनमा आम सञ्चारमाध्यमको प्रवद्र्धनमा प्रदेश सरकारको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमका तीनै तहका सरकारले मिडियामलाई नियन्त्रण गर्ने कुरै नरहेको बताउनुभयो ।

गलतखालका समाचार लेख्नेलाई सचेत गराइने उहाँले बताउनुभयो । अहिले पत्रकारले नारा मात्र लगाएर नहुने बताउँदै उहाँले सबै अध्ययन गरेर बुझेर मात्र आन्दोलन गर्नका लागि सुझाब समेत उहाँले दिनुभयो । आगामी आर्थिक वर्षदेखि पत्रकारिताको बृहत हितका लागि नीति कार्यक्रममा दीर्घकालीन कार्यक्रम तर्जुमा गर्ने र आम सञ्चारमाध्यम दर्ता गर्दा लाग्दै आएको दोहोरो कर प्रणालीलाई केही न्यूनीकरण गर्न केन्द्रीय सरकारलाई अनुरोध गर्ने बताउनुभयो ।

कार्यक्रममा प्रदेश नं ३ का प्रेस रजिष्ट्रार रेवतीप्रसाद सापकोटाले पत्रकारलाई संस्थागत रुपमा वृत्ति विकासका साथै सरकारको तर्फबाट विद्युतीय, छापा र अनलाइन सञ्चारलाई अनुदान उपलब्ध गराउने कार्ययोजना रहेको बताउनुभयो ।
अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य कृष्ण गिरी, द्धारीका काफ्ले, प्रदेश नम्बर ३ का अध्यक्ष प्रताप विष्ट, ब्रोकाष्टिङ एसोसिएशन अफ नेपालका उपाध्यक्ष उज्वल चौलागाई, पत्रकार महासंघ काठमाडौँका अध्यक्ष शान्तराम बिडारी, मकवानपुरका अध्यक्ष हरि हुमागाई, धादिङका अध्यक्ष नवराज छत्कुली, सामुदायिक रेडियो प्रसारक सङ्घका सुवास खतिवडा, रामेछापका सभापति रमेश ढुङ्गेल प्रेस स्वतन्त्रताको साथै आम सञ्चारको प्रवद्र्धनमा प्रदेश सरकार र सञ्चार रजिष्ट्रारको कार्यालयको सकारात्मक भूमिका रहनुपर्ने उल्लेख गर्दै आम सञ्चारमाध्यमलाई दर्ता गर्ने प्रक्रियालाई सहज र आत्मनिर्भर बनाउन र विज्ञापनलाई मौलिक हकको रुपमा उपलब्ध गराउन सुझाव प्रस्तुत गर्नुभएको थियो ।

उक्त कार्यक्रममा पत्रकार महासङ«घका १३ वटै जिल्लाका अध्यक्ष, केन्द्रीय सदस्य, रेडियो प्रसारण संस्थाका प्रतिनिधि, अनलाइन सञ्चारमाध्यमका प्रतिनिधिसहित करीब ५० जनाको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*