सुनको भाउ आज ४ सय रुपैयाँले बढ्यो
काठमाण्डाै – सुनको भाउ आज चार सय रुपैयाँले बढेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ९२ हजार ७ सय रुपैयाँ ताेकिएकाे छ ।
हिजो सुनकाे भाउ तोलामा ९२ हजार ३ सय रुपैयाँ थियो । चाँदीकाे भाउ भने आज स्थिर छ । दुई दिनयता चाँदी तोलामा १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।







