मकवानपुरमा १२२ केजी गाँजासहित एक जना पक्राउ
हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर– ९ जयसिंह सडक खण्डबाट प्रहरीले एक सय २२ केजी गाँजासहित एक जनालाई पक्राउ गरेको छ । आज बिहान पौने ६ बजेको समयमा शंकास्पद रुपमा गाँजा लिएर निकासी गर्न लागेको अवस्थामा मकवानपुर राक्सिराङ गाउँपालिका वडा नम्बर २ का ४२ बर्षीय नर बहादुर मुक्तानलाई एक सय २२ बेजी गाँजासहित पक्राउ गरिएको हो ।
मुक्तानलाई सोधपुछ गर्दा शंकास्पद सामानको सुरक्षा गरिरहेको बुझिएपछि निजलाई नियन्त्रणमा लिई उक्त सामान जाँच गर्दा लागुऔषध गाँजा १२२ किलो फेला परेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमाल जानकारी दिनुभयो । पक्राउ परेका मुक्तानलाई उक्त गाँजा सहित नियन्त्रणमा लिई थप अनुसन्धान प्रक्रिया अगाडी बढाइएको प्रवक्ता रिमालले बताउनुभयो ।
मुक्तानलाई विशेष सूचनाका आधारमा पुगेको जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले मनहरी गाउँपालिका वडा नम्वर ९ जयसिंहस्ति पूर्वपश्चिम लोकमार्ग सडकखण्डबाट पक्राउ गरेको हो ।