हेटौंडाको नवलपुरमा ट्रक र बस ठोकियो, दुइजनाको मृत्यु, १५ जना घाइते
हेटौंडा । हेटौंडाउपमहानगरपालिका वडा नम्बर–११ नवलपुरमा ट्रक र बस एक आपसमा ठक्कर खादा दुइ जनाको मृत्यु भएको छ । बसमा यात्रा गर्ने १५ जना घाइते भएका छन ।
गएराती साढे १२ बजे जनकपुर बाट काठमाण्डौ तर्फ जादै गरेको ना ७ ख ८७६ नम्बरको यात्रु बाहक बस र चितवनबाट हेटौंडा तर्फ आउँदै गरेको प्रदेश २ –०३००१ ख ५०३५ नम्बरको खाली ट्रक एक आपसमा ठक्कर खाँदा दुइ जनाको मृत्यु भएको हो ।
दुर्घटनामा दुइजना पुरुषको मृत्युभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक जयश्वर रिमालले वताउनुभयो । उनीहरुको उपचारको क्रममा मृत्यु भएको जनाइएको छ। मृतकको शनाखत भई नसकेको जनाइएको छ।
मृत्यु हुनेमा ना ७ ख ८७६ नम्वरको रात्री बस चालक चन्द्रागिरी नगरपालिका वडा नम्वर २ बस्ने २९ वर्षीय सरोज परियार र सो बसमा सवार धनुषाको औरही गाउँपालिका वडा नम्वर ३ बस्ने २४ वर्षीय सोभित सहनी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
घाइते भएका १५ जनाको हेटौंडाको विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ । ट्रक चालक घाइते रहेकोले प्रहरी निगरानीमा उपचार भइरहेको डिएसपी रिमालले बताउनुभयो ।