गृहजिल्लाबाट भीम रावलको हुँकार : हारको चिन्ता नलिनुस अध्यक्षमा प्रतिस्पर्धा हुन्छ

जनपत्र
२४ कार्तिक २०७८, बुधबार ०६:४४

पार्टीभित्र १० बूँदे कार्यान्वयन नभएको भन्दै असन्तुष्ट रहेका एमाले उपाध्यक्ष भीम रावलले दशौँ महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । मंगलबार विहान मात्रै सुदुरपश्चिममा १० बुँदे कार्यान्वयन नभएको भन्दै आक्रोस व्यक्त गरेका रावलले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् ।

एमालेभित्र अहिलेसम्म कसैले पनि उम्मेदवारी घोषणा गरेका छैनन । इश्वर पोखरेलले अध्यक्षका लागि सक्षम छु भने पनि उनी पछि हटेपछि रावलले मंगलबार गृहजिल्ला पुगेर उम्मेदवारी घोष्णा गरेका हुन् । ओलीले उनलाई पार्टीभित्र कुनै पनि स्थान नदिई राखेपछि रावल असन्तुष्ट बन्दै आएका छन् । रावलले पार्टीको आसन्न १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा लड्ने घोषणा गरेपछि अहिले पार्टीभित्र तरंग उत्पन्न भएको छ । उनले हार्ने÷जित्ने ठूलो कुरा नभएको भन्दै कार्यकर्ताको भावना अनुसार अध्यक्षमा प्रतिस्पर्धा गर्ने घोषणा गरे ।

गृहजिल्ला अछामस्थित साँफेबगर नगर कमिटीको प्रथम बैठकलाई मंगलबार सम्बोधन गर्दै रावलले कार्यकर्ताको भावना अनुसार आफू पार्टी अध्यक्षमा लड्ने तयारीमा जुटेको बताएपछि कार्यकर्ताले जोडतोडका साथ समर्थन गरेका थिए । ‘ल तपाईंहरु जे भन्नुहुन्छ म त्यसैमा उठ्छु,’ उनले भने, ‘कतिपय नेता कार्यकर्ता पराजित भए के हुन्छ भनेर पनि सोध्छन्। तर, हार्ने÷जित्ने ठूलो कुरो होइन।’ सम्बोधनका क्रममा उनले चुनाव लड्दा हार–जित हुने भन्दै केपी ओलीदेखि माधवकुमार नेपाल पनि पटक–पटक हारेको चर्चा गरे । उनले नेता÷कार्यकर्ताको स्वाभिमान कमजोर हुन नदिने पनि बताएर कार्यकर्ताको मन जित्ने प्रयास गरेका थिए ।

‘केही साथीहरु हारेपछि के गर्ने भनेर सोध्छन्। तर, चुनावमा लडेपछि नहार्ने को छरु केपी ओलीले आठौं महाधिवेशन हारेका होइनन् ररु त्यो बेला हामी एकै प्यानलमा थियौं । म उपाध्यक्षमा हारे,’ उनले भने, ‘चुनावको कुरा गर्ने हो भने संविधानसभाको निर्वाचनमा ओली झापाबाट चुनाव हारेका होइनन् ररु अनि माधव नेपालले काठमाडौंबाट हारेका होइनन् ररु हार्ने कुरा के ठूलो कुरा भयो र १’

उनले १०औं महाधिवेशनमा कार्यकर्ताको स्वाभिमान र भावनालाई झण्डाझैँ बलियो गरेर समात्ने भन्दै हार्ने÷जित्नेको चिन्ता नलिन आग्रह गरे । उपाध्यक्ष रावलले पार्टीलाई एकताबद्ध बनाएर लैजान १० बुँदे सहमति कार्यान्वयन गरौं भन्दा अध्यक्ष आफैंले सही गरेको अपानि १२ जारी कार्यान्वयन नभएको बताए । ‘अब हामीले भन्दा पनि मानेन भने के गर्ने भन्नुहोला,’ उनले भने, ‘मानेन भने उनले जस्तो व्यवहार गर्छन् त्यस्तै व्यवहार गर्ने र संघर्ष जारी राख्नुपर्छ ।’

उनले पार्टीलाई एकताबद्ध बनाएर अगाडि लैजानुपर्छ भन्ने आफूहरुको एकमात्र धारणा रहेको बताए । आजै सुदूरपश्चिम प्रदेश कमिटीको बैठकलाई अवैध भनेका रावलले त्यहाँ भएका निर्णय अमान्य हुने बताएका थिए । रावलले २७ महाधिवेशन प्रतिनीधि छनौट हुने भएकाले त्यतिन्जेल कुरेर बस्ने र त्यसपछिको परिस्थिति अर्कैै हुने समेत बताए । तर त्यो परिस्थिति के हो भन्ने बारेमा केही बताएनन । नेपालबहसबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*