नेपाल बैंकर्स संघको अध्यक्षमा उपाध्याय र उपाध्यक्षमा केसी निर्वाचित

जनपत्र
२४ कार्तिक २०७८, बुधबार ०६:०२

नेपाल बैंकर्स संघको अध्यक्षमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय सर्वसहमतीको आधारमा चयन भएका छन् । मंगलबार राजधानीमा सम्पन्न साधारण सभाले उपाध्याएको अध्यक्षतामा संघको नयाँ नेतृत्व चयन गरेको हो । संघका निवर्तमान अध्यक्ष भुवनकुमार दाहालको दुईवर्षे कार्यकाल पूरा भएसँगै आगामी दुई वर्षकालागि संघका अध्यक्ष उपाध्यायको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो । यसैगरी, संघको नयाँ कार्यसमितिको उपाध्यक्षमा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी चयन भएका छन् ।

त्यसैगरी, संघको सदस्यमा मेगा बैंककी सीईओ अनुपमा खुन्जेली, नेपाल बैंकका सीईओ कृष्णबहादुर अधिकारी, लक्ष्मी बैंकका सीईओ अजयविक्रम शाह, सनराइज बैंकका सीईओ सुमन शर्मा, नेपाल एसबीआई बैंकका सीईओ दीपककुमार देव, माछापुच्छ्रे बैंकका सीईओ सन्तोष कोइराला र एनआईसी एसिया बैंकका सीईओ रोशनकुमार न्यौपाने चयन भएका छन् । यस्तै, संघका पूर्वअध्यक्षहरू ज्ञानेन्द्रप्रसाद ढुंगाना, अनिशकेशरी शाह, अशोकशमशेर राणा सल्लाहकारमा रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*