एमाले मकवानपुरद्वारा प्रतिनिधी छान्न निर्वाचन कमिटी गठन
हेटौंडा । नेकपा एमाले मकवानपुरले चितवनमा हुने १० औँ राष्ट्रिय महाधिबेशनका लागि प्रतिनिधी छान्न निर्वाचन कमिटी बनाएको छ ।
चितवनमा मङ्सिर १० देखि १२ गतेसम्म हुने राष्ट्रिय महाधिबेशनमा लोकतान्त्रिक विधीबाट प्रतिनिधी छनौट गर्न दुई निर्वाचन क्षेत्र र दलीत तर्फ छुट्टाछुट्टै निर्बाचन कमिटी बनाईएको हो ।
निर्वाचन क्षेत्र नम्बर २ का लागि एमाले केन्द्रीय सदस्य रामेश्वर राना प्रमुख निर्वाचन अधिकृत रहनेगरी तीन सदस्यीय निर्वाचन कमिटी गठन भएको छ । १ नम्बर निर्वाचन क्षेत्रबाट प्रतिनिधी छनौटका लागि देवराज रिमाल प्रमुख निर्वाचन अधिकृत रहनेगरी ४ सदस्यीय निर्वाचन कमिटी गठन भएको हो । यस्तै दलीत तर्फ प्रतिनिधी छनौटका लागि इन्द्र नेपाल प्रमुख निर्वाचन अधिकृत रहने गरी तीन सदस्यीय निर्वाचन कमिटी गठन गरिएको छ ।
निर्वाचन कमिटीले कार्तिक २५ गतेबाट निर्वाचन प्रकृया सुरु गर्ने बताईएको छ । यही कार्तिक २५ गते विहान ११ः३० देखि १२ः३० बजेसम्म उम्मेद्वारी मनोनयन दर्ता हुने एमाले मकवानपुरका अध्यक्ष बद्री लम्सालले बताए । कार्तिक २६ गते विहान १० बजेसम्म उम्मेदवारी फिर्ता लिन समय निर्धारण भएको छ । सर्वसम्मत रुपमा प्रतिनिधी छनौट हुन नसके कार्तिक २७ गते १० बजेदेखि ३ बजेसम्म मतदान प्रकृयाबाट प्रतिनिधी छानीने लम्सालले जानकारी गराउनुभयो ।
अहिले प्रतिनिधिका लागि मकवानपुर जिलाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ वाट अनन्त पौडेल, रामचन्द्र राई , कृष्ण प्रसाद दहाल, रघुनाथ खुलाल, बद्रि लम्साल, कमल बिष्ट, गोपाल श्रष्ठ, ध्रुबप्रसाद चौलागाई, फुर्वा लामा लगायतका नेताहरु प्रतिनिधिका लागि प्रतिषपर्धा गर्ने भएका छन । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ वाट एकालाल श्रेष्ठ, महेश वर्तौला, एकराज उप्रेती , सवासचन्द्र ठकुरी, हिदम लामा, बिष्णुप्रसाद ढकाल, उत्तम न्यौपाने, लगायतका नेताहरु प्रतिनिधिका लागि प्रतिषपर्धा गर्ने भएका छन ।