राष्ट्रिय पुस्तकालयको भवन जमलमा नै बन्ने

जनपत्र
२३ कार्तिक २०७८, मंगलवार ०९:०७

काठमाण्डाै – राष्ट्रिय पुस्तकालयको भवन काठमाण्डौको जमलमा नै बन्ने भएको छ । मन्त्रिपरिषद्को बैठकले निर्णय गरेपछि पुस्तकालयको प्रक्रिया अघि बढेको हो । यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले जमलको जग्गामा त्रिचन्द्र क्याम्पस सार्ने भन्दै भवन निर्माणमा रोक लगाएको थियो ।

व्यापारिक कम्पनीलाई जग्गा सुम्पन सरकारले राष्ट्रिय पुस्तकालय भवन बनाउन रोकेको भन्दै पुस्तकायलयकर्मीले विरोध जनाएका थिए । २०७२ सालको भूकम्पदेखि पुस्तकालयका महत्त्वपूर्ण पुस्तकहरू अलपत्र अवस्थामा रहेकाले सरकारले जमलमा नै भव्य भवन बनाउने गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले जानकारी दिनुभयो ।

‘भवन निर्माणको डिजाइन तयार भइसकेको छ, ठेक्का प्रक्रियामा जान्छ’ उहाँले भन्नुभयो । शिक्षा मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले जमलमा रहेकाे कित्ता नम्बर १२७० मा राष्ट्रिय पुस्तकालय बनाउने निर्णय गरी विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसारका काम अघि बढाउन स्वीकृति दिएपछि ७ रोपनी १५ आना ३ पैसा ३ दाम जग्गामा पुस्तकालय भवन निर्माण हुनेछ ।

पुस्तकालय निर्माणको प्रस्तावित जमलको जग्गामा त्यतिबेलै राखिएको ‘राष्ट्रिय पुस्तकालय भवन निर्माण स्थल’ लेखिएको साइनबोर्ड अहिले पनि छ ।राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भने टुँडिखेल क्षेत्रलाई खुला र विस्तार गर्न त्रिचन्द्र क्याम्पसको केही भाग जमलमा सार्ने र राष्ट्रिय पुस्तकालयलाई अन्यत्र स्थानान्तरण गर्नुपर्ने जनाएको थियो ।

२०७२ साल वैशाखमा गएकाे भूकम्पले हरिहर भवनमा रहेकाे राष्ट्रिय पुस्तकालयको भवनमा क्षति पुगेपछि पुनर्निर्माणका लागि जग्गा खोजी भएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*