हेटौंडा–काठमाण्डौं चल्ने टाटासुमोद्वारा दुबै तर्फको यात्रुसंग ठगी

दशैको घटस्थापना देखि यात्रु ठग्न थालेका टाटासुमोहरुले मकवानपुर प्रशासनको संरक्षणमा तिहार सकिएपछी पनि हेटौंडाबाट काठमाण्डौं जाँदा र काठमाण्डौंबाट हेटौंडा आउँदा प्रत्यक यात्रुसंग एक हजार रुपैयाँ भाडा लिइरहेका छन् ।
जनपत्र
२३ कार्तिक २०७८, मंगलवार ०७:२१

हेटौंडा । हेटौंडा–काठमाण्डौं चल्ने टाटासुमोद्वारा दुबै तर्फको यात्रुसंग ठगी गरिरहेका छन् । दशैको घटस्थापना देखि यात्रु ठग्न थालेका टाटासुमोहरुले मकवानपुर प्रशासनको संरक्षणमा तिहार सकिएपछी पनि हेटौंडाबाट काठमाण्डौं जाँदा र काठमाण्डौंबाट हेटौंडा आउँदा प्रत्यक यात्रुसंग एक हजार रुपैयाँ भाडा लिइरहेका छन् ।

सरकारकारले तोकिएको भाडादर भन्दा दोब्वर भाडा लिएर यात्रु ओसारी रहेको हो । सबै भन्दा बढी यात्रु ठग्ने पुरानो नारायणी यातायात व्यावसायी कम्पनिमा आबद्धहरु रहेको यात्रुहरुले वताएका छन् । लगातार रुपमा यात्रुलाई ठगि गर्दा पनि प्रहरी रमिते बनेर बसेको छ । प्रशासन सधै मौनब बसेको छ । सुमोहरु ठगिगरिरहेका छन् । यात्रु काठमाण्डौंबाट हेटौंडा आउँदा र हेटौंडाबाट काठमाण्डौं जाँदा समेत ठगिएको मकवानपुरगढी ५ का तेजप्रसाद तिमल्सीना वताउनुहुन्छ । प्रशासन निरिह वन्दा दशैमा आउँदा र तिहारमा आउँदा दुबै पटक ठगिएको उहाँ वताउनुहुन्छ ।

टाटासुमोहरुल भाडामा ठगि गरेका केहीलाई पक्राउ गरेर मुद्धा समेत चलाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक जयश्वर रिमालले जानकारी दिनुभयो । सुमोभाडामा ठगि गरेको जानकारी आउने वित्तिकै कार्बाही गर्ने गरेको र दशैको समयमा पनि कार्बाही गरिएको वताउनुभयो । यात्रुको गुनासो आएमा अहिले पनि तत्काल कार्बाही गरिने उहाँले वताउनुभयो । पहिले दशैको टिकाको दिन अगाडी काठमाण्डौबाट हेटौंडा आउँदा मात्र यात्रुसंग दोब्वर भाडा लिदै आएका टाटासुमोहरुले अहिले दुबै तर्फबाट ओहोर दोहोर गर्दा यात्रुलाई ठग्न थालेका छन् ।

तिहारको टिकाको भोलिपल्टबाट हेटौंडाबाट काठमाण्डौ जाने र काठमाण्डौंबाट हेटौंडा आउने टाटासुमोले यात्रुसंग तोकिएको भन्दा दोब्बर भाडा लिन थालेका हुन् । टाटासुमोको कृतिम अभाब सृजना गरेर यात्रुलाई ठग्न थालेका हुन् । काठमाण्डौबाट हेटौंडा आउँदा नारायणी यातायाता व्यावसायी संघको टाटासुमोले प्रत्यक यात्रुसंग एक हजार रुपैयाका दरले लिएको मकवानपुरगढीका सुसान्त चौलागाईले वताउनुभयो । हेटौंडाबाट चल्ने एक दर्जन सुमो कम्पनिहरुले यात्रु ठगिगरिरहेका हुन् ।

पहिले टाटासुमो छैन भन्ने पछी यात्रुसंग तोकिएको भन्दा दोब्बर भाडा लिने गरेको यात्रुहरु वताउँछन् । हेटौंडाबाट काठमाण्डौं जाने यात्रुहरुसंग पनि प्रत्यक टाटासुमोले यात्रु ठगी गरिरहेका छन् । आजका सुमोहरुले काठमाण्डौ लैजादा एक हजार देखि १२ सय रुपैयाँ सम्म भाडा असुल गरिरहेका छन् । यात्रुलाई टिकट भने तोकिएको भाडाकै थमाउने गरिएको छ । धेरैले त टिकट समेत दिने गरेका छैनन । हेटौंडा बजारमा बाक्लो मात्रामा छरिएका प्रहरी पनि यात्रु ठग्दा रमिते बनेर बसेका छन् । हेटौंडाको चौकीटोलमा ट्राफिक प्रहरी र जनपथ प्रहरीको चेकिङ भएपनि लाइसेन्स र विलबुक जाँच गर्ने तर, सुमोको ठगि नियन्त्रणमा कुनैपनि चासो दिइएको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*