ट्याक्सीको मनपरी रोक्न विमानस्थलमा नि:शुल्क माइक्रो सञ्‍चालन गरिँदै

जनपत्र
२३ कार्तिक २०७८, मंगलवार ०६:१४

आन्तरिक उडान गर्ने यात्रुहरूलाई काठमाडौं विमानस्थलमा ट्याक्सी चालकको मनपरी भाडा लिने प्रवृत्तिलाई निरुत्साही गर्न आन्तरिक टर्मिनलदेखि विमानस्थलको मुलगेटसम्म निस्शुल्क यातायात सेवा सुरु हुने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक भोला प्रसाद गुरागाईँले ट्याक्सी चढ्न नसक्ने र निजी गाडी नभएका यात्रुहरूका लागि तत्काल दुई वटा हायस ९माइत्रोबस० बाट सेवा सुरु गर्न लागिएको बताए ।

उनले सोमबार पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेलाई आन्तरिक टर्मिनलदेखि रिङरोडसँग जोडिएको गोल्डेन गेटसम्म लोकेशन देखाउने काम सकिएको बताउँदै केही दिनभित्रै निशुल्क सेवा सुरु हुने बताए । ‘दुई स्थानमा सेड बनाउने बित्तिकै यात्रुहरूलाई निःशुल्क यातायात सेवा सुरु गरिहाल्ने छौं,’ महाप्रवन्धक गुरागाईँले भने ।

सामान्य आय भएका तथा बस चढ्ने यात्रुहरूलाई यो सेवाले राहत पुग्ने विमानस्थलले जनाएको छ । आन्तरिक टर्मिनलसम्म जाने र फर्किने यात्रुहरूले लामो सडकमा लगेज गुडाउँदै घाम पानीमा हिँड्नुपर्ने बाध्यता हटाउन पर्यटनमन्त्री आलेले निर्देशन दिएपछि विमानस्थलमा भएका तीनमध्ये दुई वटा हायस गाडीबाट यात्रुलाई निशुल्क सेवा दिन लगाइएको हो ।

आन्तरिक उडानमा हरेक यात्रुले टिकटमा २ सय रुपैयाँ छुट्टै विमानस्थल सेवा शुल्क तिरेको हुनाले गाडीको व्यवस्था दिनुपर्ने भन्दै मन्त्री आलेले प्राधिकरणलाई यो सेवा सुचारु गर्न निर्देशन दिएका थिए ।

ुविमानस्थलले निशुल्क चलाउने माइक्रोबस चढेर आन्तरिक यात्रु गोल्डेन गेटबाट भित्र पनि जान पाउने छन् । पर्यटनमन्त्री प्रोएक्टभी हुनुहुँदोरहेछ, नयाँ नयाँ आइडी ल्याउनु हुनेरेछ,’ गुरागाईँले भने, ‘यो सेवापछि अन्तर्राष्ट्रिय टर्मिनलदेखि आन्तरिक टर्मिनलमा लगेज घिसार्दै जानुपर्ने बाध्यता पनि अन्त्य गर्दैछौं ।’

आन्तरिक टर्मिनलमा रहेको टयाक्सीमध्ये अधिकांश मिटरमा जान मान्दैनन् । विमानस्थलले ट्याक्सीको ठगी अन्त्य गर्न त्यहाँभित्र साझा यातायातलाई पनि अनुमति दिएको छ । तर प्रयाप्त बस नभएका कारण यात्रु ट्याक्सीमा ठगिन वा लगेज घिर्सार्दै रिङरोडसम्म घामपानीमा हिँड्न बाध्य छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*