एमाले तयार नभएसम्म प्रधानन्यायाधीशविरुद्ध महाभियोग नलगाउने सत्ता गठबन्धनको निश्कर्ष

जनपत्र
२३ कार्तिक २०७८, मंगलवार ०६:०८

सत्तापक्षीय पाँच दलीय गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई हटाउनेबारे अहिले कुनै पहलकदमी नलिने निश्कर्ष निकालेको छ। बैठकमा सहभागी एक नेताकाअनुसार आज साँझ बसेको गठबन्धनको बैठकमा सर्वोच्च अदालतको विवादबारे प्रवेश नै गरिएको थिएन ।

तर, सुरुमै प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टीभित्र पनि न्यायालयको अहिलेको विवादबारे जनमत विभाजित रहेको सुनाएका थिए । प्रधानन्यायाधीश जबरालाई हटाउने वा नहटाउने भन्नेबारे आज छलफल गर्नु उचित नहुने नेताहरुको भनाई थियो । अहिले बाहिर चर्चा भएजस्तो सत्तापक्षले प्रधानन्यायाधीशको विरुद्धमा महाभियोग लगाउनेबारे कुनै छलफल नभएको ती नेताले बताए ।

बरु, प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले० महाभियोगको लागि तयार नभएसम्म महाभियोग लगाउने भनेर प्रस्ताव ल्याईए र असफल भए नराम्रो सन्देश जानेबारे आजको बैठकमा छलफल भएको थियो । न्यायालयको विवाद समाधानबारे गठबन्धनको आगमी कार्तिक ३० गते बस्ने बैठकमा छलफल गरिने बैठकमा सहभागी जनमोर्चाका नेता हिमाल पुरीले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*