बारको निर्णय : प्रधानन्यायाधीश राणालाई हटाउन प्रधानमन्त्री र दलहरूको लिखित ध्यानाकर्षण गराइने
नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई हटाउन प्रधानमन्त्री तथा संसदमा रहेका दलहरूलाई ज्ञापनपत्र बुझाएर ध्यानाकर्षण गराउने भएको छ। सोमबार देशभरका ४४ बार इकाइका पदाधिकारीसँगको भर्चुअल छलफलपछि बसेको नेपाल बारको बैठकले उक्त निर्णय गरेको हो। महासचिव लिलामणी पौडेलका अनुसार प्रधानन्यायाधीश राणाको राजीनामा नआएसम्म विरोधको कार्यक्रमहरू जारी राखिने भएको छ।
उनका अनुसार नेपाल बारले कात्तिक २८, २९ र ३० गते तीन दिन कालोपट्टि बाँधेर देशभरका अदालतमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ।यस्तै, कार्तिक २३ देखि ३० गतेसम्म दिनको २ घण्टा उपत्यकाका सबै अदालतको इजलास र प्रधानन्याधीश राणाले न्यायपरिषद् वा न्याय सेवा आयोगलगायतको बैठक बोलाए बहिस्कार गर्ने निर्णय गरिएको छ। यस्तै, बैठकले अदालत परिसरमा राखिएको प्रहरी हटाउन सर्वोच्च प्रशासनसँग माग गर्नेलगायतका निर्णय पनि गरेको छ।
यसका साथै, न्यायाधीश हरिकृष्ण कार्कीको समितिले दिएको प्रतिवेदन कार्यान्वयन थालनी गर्ने महासचिव पौडेलले बताए। यस्तै, नेपाल बारले प्रधानन्यायाधीश राणासँग इजलासमा नबस्न अन्य न्यायाधीशलाई पनि आग्रह गरेको छ। नेपाललाईभबाट