खाङटेगा हिमाल आरोहणमा हराइरहेका तीन फ्रेन्च आरोहीको शव भेटियो
खुम्बु क्षेत्रको खाङटेगा हिमाल आरोहणमा हराइरहेका तीन फ्रेन्च नागरिकको शव ८ दिनपछि फेला परेको छ ।जिल्ला प्रहरी कार्यालय सोलुम्बुका प्रहरी निरीक्षक ऋषिराज ढकालका अनुसार, कार्तिक १४ गतेदेखि खाङटेगा हिमालमा हराइरहेका फ्रेन्च आरोहीहरू थोमस अर्फी, ग्याबरियल मिलोची र लुइस पाचोडको शव ८ दिनपछि आइतबार भेटिएको हो ।
तीन वटै शवलाई सोमबार पोष्टमार्टमका लागि लुक्लाबाट हेलिकप्टरमा शिक्षण अस्पताल महाराजगंज पठाइएको ढकालले बताए । प्रहरीकाअनुसार, नेशनल नेपाल माउन्टेन गाइड प्रालिबाट खटिएका नेपाली र १४ जना फ्रेन्च विज्ञहरूको टोलीले शव भेटाएको थियो । यो टोली होलिडे हिमालय ट्ेरक्स एक्सपिडिसन प्रालि मार्फत् कार्तिक ७ गते काठमाडौंबाट हिमाल आरोहण गर्न गएको थियो ।