करेन्ट लागेर नेकपा एसका हेटौंडा उपमहानगर सचिव अधिकारीको मृत्यु

जनपत्र
२२ कार्तिक २०७८, सोमबार १६:२२

हेटौंडा । करेन्ट लागेर नेकपा (एकीकृत समाजवादी) का हेटौंडा नगर सचिव २८ वर्षीय गिरिजा अधिकारीको निधन भएको छ ।

सोमबार दिउँसो हेटौंडा १७ राजदेबि स्थित भित्रि सडकखण्डमा आफ्नै घर अगाडी बाटो बिस्तार गर्ने क्रममा जेसिबिको बकेटमा बसेर बिजुलिको तार पन्छाउने क्रममा अचानक एघार हजार भोल्टेजको तार छुन पुग्दा करेन्ट लागेर निधन भएको प्रहरीले जनाएको छ ।

करेन्ट लागेर अधिकारी गम्भीर घाइते भएको र उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्युु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*