तिहार बिदापछि खुलेकाे पहिलाे दिन शेयर बजार घट्याे

जनपत्र
२२ कार्तिक २०७८, सोमबार १६:१३

काठमाण्डाै – तिहारको बिदापछि खुलेको पहिलो दिन शेयर बजार आज साेमवार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १९ दशमलव २० अङ्कले घटेर दुई हजार आठ सय २८ दशमलव ३७ विन्दुमा झरेको छ ।

आज फाइनान्स, म्युचल फन्ड र लगानी समूहबाहेक सबै समूहको शेयर घटेको छ । यस्तै बीमा, विकास बैंक र माइक्रोफाइनान्सको शेयर उच्च अङ्कले घटेको छ ।

आज दुई सय ३० कम्पनीका ७२ लाख सात हजार कित्ता शेयर चार अर्ब २० करोड ७१ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै महालक्ष्मी विकास बैंकको ५२ करोड १० लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज सर्पोट माइक्रोफानान्सको शेयर सबैभन्दा धेरै आठ प्रतिशतले घटेको छ । समग्र बजार घटे पनि आईसीएफसी फाइनान्स, साहस ऊर्जा, तेह्रथुम पावर कम्पनी र मानुषी लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*