समन्वय समिति बनाउने सत्तारुढ गठबन्धनको तयारी

जनपत्र
२२ कार्तिक २०७८, सोमबार १५:१०

काठमाडौं । सत्तारुढ दलहरुले सरकार सञ्चालनमा सहयोग गर्न समन्वय समिति बनाउने भएका छन् । पाँचदलीय गठबन्धनका शीर्ष नेताहरुको सोमबार साँझ बोलाइएको बैठककमा यसबारे छलफल हुने नेताहरुले बताएका छन् ।

सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुको शीर्ष नेताहरु सहभागी उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने तयारी थियो । तर त्यसको विरोध भएपछि समन्वय समिति बनाउन लागिएको एक नेताले बताए । उनले भने, ‘शीर्ष नेताहरु पनि बस्नुहुन्छ । हरेक दलबाट सम्भवतः ३/३ जना रहन्छौं होला ।’

गठबन्धनका पाँचमध्ये चार दल सरकारमा छन् भने राष्ट्रिय जनमोर्चा सरकारमा सहभागी छैन । नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समानवादी र जनता समाजवादी पार्टीका नेताहरु रहेको कार्यदलले सरकार सञ्चालनसम्न्धी कार्यविधिको मस्यौदा समेत बनाइसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*