चीनकाे जनमुक्ति सेनाले नेपाली सेनालाई दिएकाे काेराेना खाेपसहितका सामग्री हस्तान्तरण

जनपत्र
२२ कार्तिक २०७८, सोमबार १३:४६

काठमाण्डाै – चीनको जनमुक्ति सेनाले नेपाली सेनालाई कोरोनाविरुद्धको खोपसहित विभिन्न सामग्री प्रदान गरेको छ । चिनियाँ जनमुक्ति सेनाले नेपाली सेनालाई तीन लाख मात्रा कोरोनाविरुद्धको भेरोसेल खोप, १० थान भेन्टिलेटर र एक सय थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ ।

चीनबाट प्राप्त सामग्री नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले आज साेमवार प्रधानसेनापति प्रभुराम शर्मालाई हस्तान्तरण गर्नुभयो ।

जङ्गी अड्डामा भएको कार्यक्रममा प्रधान सेनापति शर्माले सहयोगका लागि मित्र राष्ट्र चीन तथा चिनियाँ जनमुक्ति सेनालाई धन्यवाद दिनुभयो । यस किसिमको सहयोगबाट नेपाली सेनाका सकल दर्जा एवम् प्राथमिकताका आधारमा हिताधिकारीहरू समेत लाभान्वित हुने र यसबाट महामारीविरुद्धको लडाइँमा नेपाली सेना थप प्रभावकारी रूपमा खट्ने सेनापति शर्माको भनाइ छ ।

यस्तै यो सहयोगले नेपाल र चीनबीचको सम्बन्ध थप बलियाे हुने नेपाली सेनाको विश्वास रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*