बेपत्ता तीन आरोहीको खोजीमा खटियाे तालिम प्राप्त फ्रान्सेली टाेली
सोलुखुम्बु – खुम्बु क्षेत्रको हिमाल आरोहणको क्रममा बेपत्ता भएका फ्रान्सेली नागरिकको खोजीमा तालिम प्राप्त फ्रान्सेली टाेली खटिएकाे छ ।
१३ दिनदेखि बेपत्ता ३ जना फ्रान्सेली नागरिकको खोजीका लागि गाइड लिनेभेको नेतृत्वमा आजदेखि १४ जना तालिम प्राप्त फ्रान्सेली टोली खटिएकाे सोलुखुम्बु प्रहरीले जनाएको छ ।
प्रहरी निरीक्षक ऋषिराज ढकालका अनुसार डाक्टर र आवश्यक साधनस्रोतसहितको विशेष तालिम प्राप्त टोली हिजाे काठमाण्डौबाट हेलिकप्टरमार्फत खुम्बु आएकाे हाे।
फ्रान्स र नेपाली दूतावासकाे सहयोगमा उनीहरु फ्रान्सबाट नेपाल आएका प्रहरी निरीक्षक ढकालले बताउनुभयोे । हिजाे मौसम प्रतिकूल बनेकाले आजबाट खोजीमा सक्रिय भएको जनाइएको छ ।
होलिडे हिमालय ट्रेक्स एण्ड एक्पिडिसन प्रा.लि मार्फत माउन्ट खाङतेका हिमाल आरोहणका लागि गएका तीन जना पुरुष नागरिक कार्तिक ९ गतेदेखि बेपत्ता बनेका थिए ।
गएको असोज १८ गते काठमाण्डौबाट हिमाल आरोहणका लागि लुक्ला आएका ८ जना फ्रान्सेली नागरिकमध्ये थोमस, गाब्रियल र लुइस नाम गरेका नागरिक सम्पर्कविहीन भएका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।