काठमाण्डौमा हिजोभन्दा आज चिसो

जनपत्र
२२ कार्तिक २०७८, सोमबार ०८:२६

काठमाण्डौ – काठमाण्डौमा हिजोभन्दा आज चिसो बढी छ । हिजो दिउँसोदेखि नै काठमाण्डौको मौसम बद्ली भएकाले आज चिसो अलि बढेको मौसमविद्ले बताएका छन् ।

मौसमविद् राजु प्रधानाङ्गका अनुसार आज भने काठमाण्डौको मौसम आंशिक रुपमा मात्रै बद्ली हुनेछ । हिजो सामान्य बद्ली थियो । आज हिजोको भन्दा मौसम खुल्ने उहाँले बताउनुभयो । आज बिहान चिसो भए  पनि दिउँसाे घाम लाग्ने उहाँले बताउनुभयो ।

आज काठमाण्डौको न्यूनतम तापक्रम ९ दशमलव ८ डिग्री सेल्सियस छ । यस्तै, आज प्रदेश १ र गण्डकी प्रदेशका हिमाली जिल्लाका एक/दुई ठाउँमा हल्का हिमपातको सम्भावना छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*