कहिले कोरिया जान पाउँछन् इपिएस उत्तीर्ण भएकाहरू ? यस्तो छ सरकारको तयारी

जनपत्र
२२ कार्तिक २०७८, सोमबार ०८:२१

करिब २० महिनादेखि अन्योलमा रहेको कोरिया रोजगारी खुल्ने भएको छ। कोरोनाका कारण २० महिनादेखि रोजगार अनुमति प्रणाली (इपिएस) बाट नयाँ कामदार लान बन्द गरेको कोरियाले अब खुल्ला गर्ने भएको छ।

कोरिया सरकारले केही दिनअगाडी सूचना जारी गर्दै इपिएसमार्फत दक्षिण कोरिया जाने गरेका नेपालसहित १६ वटै देशका कामदार लिन नोभेम्बर अन्तिम साता सुरु गर्ने जनाएको छ। यता नेपालबाट भने ुकमिटेडु कामदार लिइरहेको छ। कोरोना महामारी कम भएसँगै कोरियाले कामदार लैजान सुरु गरेको वैदेशिक रोजगार विभागका इपिएस शाखा प्रमुख सुरेश राउतले बताए।

१० कात्तिकमा पहिलो चरणमा कमिटेड ४८ जना कामदार कोरिया गइसकेका छन्। इपिएसमार्फत हरेक वर्ष ५० हजारभन्दा बढी कामदार दक्षिण कोरिया जाने गरेकामा कोरोना महामारी सुरु भएपछि रोकिएको थियो। नेपालबाट करिब १० हजार कामदार कोरिया जाने पर्खाइमा छन्।

पहिलो चरणमा ४८ जना पठाइएको छ। अब ७१ जनालाई एकै चरणमा पठाउने तयारी भइरहेको वैदेशिक रोजगार विभागका महानिर्देशक दिपक काफ्लेले बताए। विश्वभर फैलिएको कोरोनाका कारण लामो समयदेखि कोरिया रोजगारी अनिश्चित जस्तै बनेको थियो।

कोरोेना फैलिएसँगै कोरियाले खोप, क्वारेन्टाइनलगायत बन्देज लगाउँदै आएको थियो। कमिटेड कामदार पठाएसँगै कोरिया सरकारको मागअनुसार इपिएस पास गरेर बसेकालाई पठाउने विभागको तयारी छ। ुदोस्रो उडानमा ७१ जनालाई पठाउने तयारी भएको छ, ‘उनले भने, ‘मंसिर दोस्रो सातासम्ममा सबै कामदार पठाउने तयारी गरेका छौं।’ थाहाखबरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*