युद्धमा पोख्त चीनको नयाँ लडाकु विमानको प्रशिक्षण

जनपत्र
२२ कार्तिक २०७८, सोमबार ०६:४१

चीन सरकारले वास्तविक युद्धको परिस्थिति सामना गर्न आफ्नो विशेष लडाकु विमान जे–१६ डीलाई युद्ध प्रशिक्षणमा पठाएको छ। उक्त लडाकु विमान चीनको जे–२० स्टेल्थ लडाकु विमानसँगै अतवरण गर्ने ग्लोबल टाइम्सले जनाएको छ।

चीनका एक सैन्य विज्ञले नाम उल्लेख नगर्ने सर्तमा समाचारमा भनिएको छ( वास्तविक लडाइँ–उन्मुख अभ्यासमा तैनाथ हुनुको अर्थ पीएलए वायुसेनाले विमानलाई बुझेको छ र अब युद्ध जस्तो परिस्थितिका लागि तयारी गरिरहेको छ।

विमान अहिल्यै युद्धका लागि तयार भएन भने पनि छिट्टै हुने अर्का विज्ञले बताएका छन्। यो विमान इलेक्ट्रोनिक युद्धमा पोख्त छ। इलेक्ट्रोनिक युद्धका लागि आवश्यक उपकरणहरूले सुसज्जित विमानले शत्रुको राडार र प्रारम्भिक चेतावनी विमानलाई आक्रमण गर्न सक्ने बताइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*