सल्यानबाट दाङ जाँदै गरेकाे बस दुर्घटना हुँदा ९ जनाकाे ज्यान गयाे

जनपत्र
२१ कार्तिक २०७८, आईतवार १६:१४

सल्यान – सल्यानबाट दाङको तुलसीपुर जाँदै गरेको ना २ ख २५५२ नम्बरको यात्रुवाहक बस कपुरकोटको खारखोला नजिक दुर्घटना हुँदा नाै जनाको ज्यान गएकाे छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) गोविन्द थापाका अनुसार घटनास्थलबाट उद्धार गरिएका र घटनास्थलमै गरी नाै जनाको ज्यान गएकाे हाे । बसमा कम्तीमा ३० यात्रु रहेका अनुमान गरिएको छ।  बस सडकबाट दुई सय मिटर तल खसेको बताइएको छ ।

अहिले पनि उद्धार जारी रहेको र मृतकका सनाखत हुन बाँकी रहेकाे जनाइएको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*