इराकी प्रधानमन्त्री निवासमा ड्रोन आक्रमण, ६ जना घाइते

जनपत्र
२१ कार्तिक २०७८, आईतवार १२:०३

unn.prixa.net

काठमाण्डाै – इराकी प्रधानमन्त्रीको निवासमा ड्रोन आक्रमण भएको छ । प्रधानमन्त्री मुस्तफा अल–कादिमीको निवासमा ड्रोन आक्रमण भएको वीवीसीले जनाएको छ ।

राजधानी बग्दादको ग्रीन जोनमा रहेको प्रधानमन्त्री निवासमा विष्फोटक पदार्थ बोकेको ड्रोनबाट आक्रमण भएको हो । आक्रमणमा ६ जना घाइते भएका छन् । प्रधानमन्त्री कादिमीले भने आफू सुरक्षित रहेको बताउनु भएको छ ।

उहाँले इराक र इराकी नागरिकको हितका लागि शान्त र धैर्य बन्न आग्रह गर्नु भएको छ ।

यस्तै, अमेरिकाले इराकी प्रधानमन्त्री मुस्तफा अल कादिमीको निवासमा भएको ड्रोन आक्रमणको भर्त्सना गरेको छ । अमेरिकाको विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले विज्ञप्ति निकालेर आक्रमणलाई आतङ्कवादको संज्ञा दिनु भएको छ । केही दिन यता इराकमा चुनावको परिणामलाई लिएर ग्रीन जोन नजिकै विरोध प्रदर्शन हुँदै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*