महोत्तरीमा देउसी भैलो खेल्न हिँडेका एक युवाको ट्याक्टरबाट खसेर ज्यान गयो

जनपत्र
२१ कार्तिक २०७८, आईतवार १२:०२

महोत्तरी – महोत्तरीमा देउसी भैलो खेल्न हिँडेका एक युवाको ट्याक्टरबाट खसेर ज्यान गएको छ ।

रजखोरबाट रामनगर जाँदै गरेका गौशाला नगरपालिका वडा नम्बर–४ रजखोरका २२ वर्षका अजय रानाको ट्याक्टरबाट खसेर ज्यान गएको प्रहरीले जनाएको छ ।

ट्याक्टरबाट खसेर घाइते भएका रानाको गए राती उपचारका क्रममा प्रादेशिक अस्पताल जनकपुरमा ज्यान गएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*