बागमती प्रदेशसभाको बैठक भोली दिउसो ३ बजे, मुख्यमन्त्री पाण्डेले बिश्वारसको मत लिने
हेटौंडा । बागमती प्रदेशसभाको बैठक भोली बस्ने भएको छ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले बिश्वासको मत लिनका लागि प्रदेशसभाको बैठक भोली दिउसो ३ बजेका लागि बोलाईएको सभामुख सानु कुमार श्रेष्ठले वताउनुभयो ।
भोली दिउसो ३ बजेका लागि बैठक बोलाइएको छ । बैठकमा भ्याए सम्म भोलीनै मुख्यमन्त्रीले विश्वासको मत लिने तर नभ्याए मात्र पर्सी विस्वासको मत लिने सभामुख श्रेष्ठले जानकारी दिनुभयो । यता मुख्यमन्त्रीका निजि सचिब अच्युत लामिछानेले भने भोलीनै मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी गर्नु भएको वताउनुभयो । विस्वासको मत लिएर मात्र अरु मन्त्रीहरु थप्ने र मन्त्रालयहरु फुटाउने तयारी गर्नु भएको हो ।
कात्तिक ११ गते चार दलीय गठबन्धनको तर्फबाट मुख्यमन्त्री भएका नेकपा (एकीकृत) समावजादी संसदीय दलका नेता पाण्डेले तिहारलगत्तै प्रदेशसभामा विश्वासको मत लिने तयारी अगाडि बढाउनुभएको हो । हालको अवस्थामा पाण्डे नेतृत्वको सरकारले सजिलै विश्वासको मत प्राप्त गर्ने देखिन्छ । सभामुखसहित प्रदेशसभामा १०९ मत रहेको छ । सरकार टिकाउन ५५ मत भए पुग्छ । गठबन्धनमा रहेका दलहरुसँग ५९ मत रहेको छ ।
मुख्यमन्त्रीका रुपमा सपथ लिएको एक महिना भित्रमा विस्वासको मत लिने समय भएपनि उहाँले कार्तिक २२ गतेका लागि विस्वासको मत लिन लाग्नु भएको हो । बिस्वासको मत लिनका लागि मुख्यमन्त्री कार्यालयबाट प्रदेशसभामा पत्र पठाइ सकिएको छ ।
मुख्यमन्त्रीले विस्वासको मत लिनका लागि मुख्यमन्त्री कार्यालयबाट पत्र प्राप्त भएको प्रदेशसभा सचिवालयका प्रवक्ता विनोद अमात्यले जानकारी दिनुभयो । तिहार सकिएपछी सदनबाट विश्वासको मत लिने बित्तिकै प्रदेशमा मन्त्रालयको सख्या १२ वटा पुर्याउते तयारी गरिएको छ । अहिले भने मुख्यमन्त्री पाण्डे मन्त्रालय भागबन्डामा जुट्नु भएको छ । माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको समर्थनमा नेकपा (एकीकृत समाजवादी) बाट मुख्यमन्त्री बन्नु भएका पाण्डेले प्रदेशका मन्त्रालय फुटाएर भागबन्डा मिलाउने प्रयास गरिरहनु भएको हो ।
माओवादी र कांग्रेसले चार, चार मन्त्रालय र एक, एक राज्यमन्त्री मागेपछि पाण्डे नेतृत्वको सरकार जम्बो मन्त्रिपरिषद् बनाउन बाध्य हुने देखिएको छ । मुख्यमन्त्री पाण्डेले पनि शपथ ग्रहणलगत्तै यसतर्फ संकेत गरिसक्नु भएको छ । उहाँले गठबन्धनमा रहेका दलहरूलाई चित्त बुझाएर मन्त्रिपरिषद् विस्तार गर्ने घोषणा गर्नु भएको हो । माओवादी र कांग्रेसमा पनि मन्त्री बन्न सांसदहरूले लबिइङ थालिसकेका छन् ।
तीनवटै पार्टीले मन्त्रीको नाम उपलब्ध गराउन नसकेपछि पाण्डेको शपथ ग्रहणमा संसदीय दलका उपनेताको नेतृत्वमा सरकारमा जाने निर्णय गरेर दलहरूले पहिलो चरणमा सांसदहरूलाई थामथुम पारेका थिए ।
गठबन्धनमा रहेका माओवादी केन्द्रसँग २३, कांग्रेस २२, नेकपा (एस) १३ र जनता समाजवादीसँग १ मत रहेको छ । मुख्यमन्त्री पाण्डेको विश्वासको मतसम्बन्धी प्रस्ताव संसद् सचिवालयमा दर्ता भइसकेको प्रदेशसभा सचिवालयले पनि जनाएको छ । प्रदेशसभा सचिवालयका प्रवक्ता विनोद अमात्यले मुख्यमन्त्री कार्यालयबाट प्राप्त पत्रअनुसार २२ गते विश्वासको मत लिने व्यवस्थापनमा प्रदेशसभा लागेको बताउनसभयो । प्रदेशसभाको वैठक भने आव्हान भइसकेको छैन ।
सरकारले पहिलो चरणमा ४ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरिसकेको छ । पहिलो चरणमा उनले कांग्रेस संसदीय दलका उपनेता कृष्णलाल भँडेल, माओवादी संसदीय दलका उपनेता कुमारी मोक्तान र एकीकृत समाजवादी संसदीय दलका उपनेता कृष्णप्रसाद खनाललाई मन्त्री बनाएका छन् ।
भाडेललाई भौतिक पूर्वाधार, मोक्तानलाई सामाजिक विकास र खनाललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ । प्रदेशमा मन्त्रालयको संख्या बढाएर १२ पुर्याउने र चारजना राज्यमन्त्री पनि नियुक्त गर्ने गरी सरकार विस्तारको तयारीमा गठबन्धन जुटेको छ ।