पार्टी कार्यालय सानेपामा झण्डै चार महिनादेखि कांग्रेसका नेता कार्यकर्ताको धर्ना

जनपत्र
२१ कार्तिक २०७८, आईतवार ०८:५५

काठमाण्डाै –  क्रियाशील सदस्यता वितरणमा धाँधली भएको भन्दै रौतहटका नेपाली कांग्रेसका नेता कार्यकर्ताको झण्डै चार महिनादेखि पार्टी कार्यालय सानेपामा धर्ना दिइरहेका छन् ।

धाँधलीपूर्ण रूपमा क्रियाशील सदस्यता सूची केन्द्रमा पठाइएको भन्दै रौतहटका कांग्रेस नेता–कार्यकर्ता पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्नामा बसेका हुन् ।

१ सय ७ दिनदेखि धर्नामा बसेका उनीहरूले आफूहरूको माग सम्बोधन नभए महाधिवेशन बहिष्कार गर्ने चेतावनी दिएका छन् । कांग्रेसले मङ्सिर २४देखि २७ गतेसम्म १४ औँ महाधिवेशन गर्ने गरी संशोधित कार्य तालिका सार्वजनिक गरिसकेको छ ।

कांग्रेस वडा अधिवेशन नभएका जिल्लामा आउँदो २७ गतेदेखि अधिवेशन प्रक्रिया सुरु गर्ने जनाएको छ । कांग्रेसले विवादकै कारण रसुवा र रौतहट जिल्लाको क्रियाशील सदस्यता नामावली अझै सार्वजनिक गरेको छैन ।

बाँकी जिल्लामा अधिवेशन प्रक्रिया अगाडि बढिसकेको छ । क्रियाशील सदस्यता विवाद कायमै रहेकाले रौतहट र रसुवाको अधिवेशन प्रक्रिया अन्योलमा परेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*