हेटौंडा–१९ मा बसको ठक्करबाट २ जनाको मृत्यु, ८ जना घाइते
हेटौंडा। हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१९ नेवारपानी नजिक बसको ठक्करबाट दुई जनाको ज्यान गएको छ । आठ जना अरु पैदलयात्रु घाइते भएका छन् । बसले ठक्कर दिएपछी स्थानीय वासिन्दाहरुले बस जलाएका छन् ।
बसको ठक्करबाट हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१९ नेवारपानी बस्ने २० वर्षको सुरज विष्ट र चितवन पिप्ले–३ बस्ने ३४ को प्रेम बहादुर सिंह ठकुरीको मृत्यु भएको हो । घाइते आठजना मध्यमा पाँच जनाको चुरेहिल अस्पताल र अरु तीन जनाको चितवनमा उपचार गरिएकोमा सातजना डिस्चार्ज भएका छन् । चितवनमा उपचार गराइरहेका एक जनाको भने उपचार भइरहेको छ ।
बसमा लागेको आगो नियन्त्रणमा लिन दमकल पुगेपछी त्यसलाई समेत तोडफोड गर्न खोजेपछी प्रहरीले लाठीचार्ज गरेको थियो । लाठिचार्ज गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक जयश्वर रिमाल समेत घाइते हुनु भएको प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठोरले जानकारी दिनुभयो ।
हेटौंडाबाट नारायणगढ तर्फ जादै गरेको बागमती प्रदेश ०३ ००१ ख ०९३६ नम्बरको बसले देउसी खेल्न हिडेका पैदल यात्रुलाई ठक्कर दिदा पैदलयात्रु स्थानीय दुईजनाको घटनास्थलमै ज्यान गएको उहाँले वताउनुभयो । आगजनीबाट बस पुर्ण रूपमा जलेर नष्ट भएको छ। स्थानीयको तोडफोडबाट हेटौंडा उपमहानगरपालिकाको दमकलमा समेत क्षति पुगेको छ ।