यसरी राख्नुहाेस् मनी प्लान्ट !

जनपत्र
९ जेष्ठ २०७६, बिहीबार ०६:४३

एजेन्सी– वास्तु शास्त्रलाई मान्ने हो भने मनी प्लान्ट अत्यन्त शुभ हो । मानिन्छ कि मनी प्लान्ट राख्नाले धरमा धन आउने मात्र होइन, सुख र समृद्धि पनि मिल्छ । तर, घरमा मनी प्लान्ट राख्दा केही कुराहरुलाई विशेष ध्यान दिनु पर्ने हुन्छ । यी कुराहरुलाई बेवास्ता गर्ने हो भने मनी प्लान्टको खास फल मिल्दैन । तपाईंको घरमा पनि मनी प्लान्ट छ भने यी कुराहरु अपनाउनुहोलाः

१. वास्तुशास्त्रका अनुसार मनी प्लान्टलाई घरको दक्षिण पूर्व दिशामा राख्नु पर्छ । यसले जीवनमा सकारात्मक ऊर्जा प्रदान गर्छ ।
२. घरमा मनीप्लान्ट छ भने त्यसलाई इशान कोण अर्थात् उत्तर–पूर्व दिशामा कहिल्यै राख्नु हुँदैन, यसले नकारात्मक प्रभाव पार्छ ।
३. वास्तुशास्त्रका अनुसार घरबाहिर त बिर्सेर पनि मनीप्लान्ट लगाउनु हुँदैन । घरभित्र कुनै बोतल तथा गमलामा मनीप्लान्ट लगाउन सकिन्छ तर यसलाई घाम पर्ने ठाउँमा राख्नु हुँदैन ।
४. मनीप्लान्ट हरियो हुनु आवश्यक हुन्छ । त्यसैले यसका मुर्झाएका तथा पहेँला पातहरुलाई निकाल्नु पर्छ ।
६. मनी प्लान्टलाई पानीमा राख्यो भने थप राम्रो हुनसक्छ ।
७. मनी प्लान्टलाई भुइँमा घस्रिएर होइन, माथि फैलाएर जाने वातावरण बनाउनु पर्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*