दाइजो कुप्रथा मात्र होइन, सामाजिक अपराध पनि हो : मुख्यमन्त्री राउत

जनपत्र
२० कार्तिक २०७८, शनिबार १८:१६

महोत्तरी – प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले दाइजो प्रथा सामाजिक कुरीति मात्र नभइ सामाजिक अपराधसमेत रहेको  बताउनुभएको छ।

जिलई जमईत अहलेहदिस प्रदेश नं २ द्वारा धनुषाको गणेशमाण चारनाथ नगरपालिका २ छघरीयामा रहेकाे मदरसाको प्राङ्गणमा आयोजित दहेज मुक्त अभियान कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले दहेजरूपी सामाजिक अपराधलाई अन्त्य गर्नुको विकल्प नरहेको बताउनुभयो ।

मुख्यमन्त्री राउतले दाइजाेकाे नाममा समाजमा आपराधिक घटनाहरू भएको बताउँदै यस्ता अपराध अन्त्य गर्न सबैलाई आ–आफ्नो ठाउँबाट प्रण गर्न आग्रह गर्नुभयाे ।

समाजको आधा हिस्सा ओगटेका महिलाहरूको शिक्षामा जोड दिनुपर्ने उल्लेख गर्नु उहाँले सबै क्षेत्रमा महिलाको पहुँच नभएसम्म समाजले विकास गर्न नसक्ने बताउनुभयाे ।

प्रदेश सरकारले महिलाहरूका लागि ५० प्रतिशत आरक्षण गरेको जानकारी गराउँदै मुख्यमन्त्री राउतले शिक्षा नलिएसम्म आरक्षणको समेत फाइदा लिन नसक्ने जिकिर गर्नुभयो ।

कार्यक्रममा सङ्घीय सांसद एवम् पूर्वमन्त्री मातृकाप्रसाद यादव, मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारी, जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय सदस्य दिपाक कार्की, प्रदेश सभा सदस्य रामअशिष यादव, जैनुल राईन, मुस्लिम घर्मगुरुहरूले दाइजाे मुक्त समाज निर्माणका लागि भनाइ राख्नुभएकाे थियाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*