काठमाण्डौमा न्यूनतम तापक्रम ९ डिग्री सेल्सियसमा झर्‍यो : आज कतै पनि पानी नपर्ने

जनपत्र
२० कार्तिक २०७८, शनिबार ०७:४२

काठमाण्डौ — काठमाण्डौ उपत्यकामा न्यूनतम तापक्रम ९ डिग्री सेल्सियसमा झरेको छ ।

हिजो बिहान न्यूनतम तापक्रम ९ दशमलव ६ डिग्री सेल्सियस थियो । आज तापक्रम केही घटेको हो । चिसो बढेको छ । काठमाण्डौ उपत्यकामा आज न्यूनतम तापक्रम ८ दशमलव ४५ डिग्रीसम्म झर्न सक्ने अनुमान छ ।

आकाश खुल्दै जाँदा तापक्रम घट्न सक्ने र दिउँसो घाम लागेपछि बढ्दै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । काठमाण्डौ उपत्यकासहित देशभर केही दिनदेखि चिसो बढ्दै गएको छ । अहिले मौसम आंशिकदेखि सामान्य बदलीको अवस्था छ ।

आज दिउँसो प्रदेश एक, प्रदेश दुई, बागमती र गण्डकीमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ । प्रदेश एक र गण्डकी प्रदेशका हिमाली भू–भागका  एक  वा  दुई  ठाउँमा हल्का हिमपातको सम्भावना रहेको छ ।

अरू प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ । अहिले नेपालमा उल्लेखनीय मौसम प्रणाली नरहेकाले पानी भने नपर्ने मौसमविद् पौडेलले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*