प्रधानमन्त्री देउवाद्वारा शङ्खधर साख्वाको सालिकमा माल्यार्पण
काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवाले भक्तपुरको थिमिमा रहेको राष्ट्रिय विभूति शङ्खधर साख्वाकाे सालिकमा माल्यार्पण गर्नुभएको छ ।
नेपाल संवत् ११४२ को अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले नेपाल संवत् नेपालको मौलिक संवत् भएकाले यसको सम्वर्द्धन गर्नुपर्नेमा जोड दिनुभयो । प्रधानमन्त्री देउवाले नेपाल संवत् सम्बन्धी मोबाइल एप्लिकेसनको सुरुवात पनि गर्नुभयो ।
हरेक वर्ष कार्तिक शुक्ल प्रतिपदाका दिन मनाइने नेपाल संवत् ११४२ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवतलाई अहिले नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाःले विसं ९३७ (इ सं ८८०) मा गरिब नागरिकको ऋण मोचन गरी नेपाल संवतको सुरुवात गराउनुभएको थियो ।