बकैयामा बस दुर्घटना, देउसी भैलो खेलेर हेटौंडा फर्कदै गरेका २१ जना घाइते

जनपत्र
१९ कार्तिक २०७८, शुक्रबार १०:१०

मकवानपुर/ मकवानपुरको बकैया-३ को हात्तीसुँडेमा देउसी भैलो खेलेर हेटौंडा फर्किने क्रममा बकैया-४ को अजिङ्गरेमा बस दुर्घटना हुँदा २१ जना घाईते भएका छन् ।

गएराति १ बजे राष्ट्रिय लोकदोहरी प्रतिष्ठान मकवानपुरको ३२ जना कलकारहरु सवार बागमती प्रदेश ०३-००१ ख १३०९ नंबरको बस आफै अनियन्त्रित हुँदा सडक नजिकै रहेको खेतमा पल्टिदा बसमा सवार ३२ जना मध्ये ५ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।

गम्भिर घाईते हुनेहरुमा हेटौंडा ५ सानोपोखरा बस्ने ४० वर्षीया निरु खड्का,हेटौंडा २ मनकामना चोक बस्ने ४९ वर्षीय बेल लो,राक्सिराङ् ३ बस्ने ४२ वर्षीय रविन कुमार चेपाङ्,हेटौंडा-११ नवलपुर बस्ने ३६ वषीया सम्झना बिष्ट र हेटौंडा-५ पिप्ले बस्ने ४८ वर्षीया लक्ष्मी तिमिल्सिना रहेको छन् ।

गम्भिर घाईते भएका ३ जना खड्का,लो र चेपाङलाई थप उपचारको लागि चुरेहिलबाट चितवन रिफर गरिएको प्रहरीले जनाएको छ । घाईतेहरुको उपचार चुरेहिल अस्पताल, हेटौंडा अस्पताल,संचो अस्पतालमा भईरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*