काठमाण्डौको न्यूनतम तापक्रम आज ९ दशमलव ६ डिग्री सेल्सियस

जनपत्र
१९ कार्तिक २०७८, शुक्रबार ०९:०१

काठमाण्डौ – काठमाण्डौको न्यूनतम तापक्रम आज ९ दशमलव ६ डिग्री सेल्सियसमा झरेको छ ।

हिजो न्यूनतम तापक्रम १०  डिग्री सेल्सियस थियो भने अस्ति ११ दशमलव ४ डिग्री सेल्सियस थियो ।

गएराति आकाश सफा भएका कारण आजको न्यूनतम तापक्रम घटेको मौसमविद् निराजन सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार रातको समयमा बादल नलागे न्यूनतम तापक्रम घट्छ ।

चिसो सुरु भएकाले अब न्यूनतम अझै घट्दै जाने छ । यस्तै, पानी पार्ने प्रणाली सक्रिय नभएकाले आज पनि देशका धेरै ठाउँमा घाम लाग्ने मौसमविद्ले बताएका छन् ।

केही ठाउँको मौसम भने आंशिक बद्ली हुने सम्भावना छ । यस्तै, केही हिमाली जिल्लामा पनि आज हल्का हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*