हेटौंडामा बस र मोटरसाइकल ठोकिदा एक जनाको मृत्यु

जनपत्र
१८ कार्तिक २०७८, बिहीबार १८:४०

हेटौंडा । पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौडा १५ वन कार्यालयको ढाट नजिक सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

बिहीबार साँझ नारायणघाट बाट बिरगंज तर्फ जादै गरेको ना८ख १२४८ नम्बरको बसमा बिपरीत दिशावाट आउदै गरेको बा ७८ प ९९३३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई ठोक्किदा मोटरसाइकल चालक र सवार एक जना गरी २ घाइते भएकोमा एक जनाको उपचारको क्रममा मृत्यु भएको हो।

मृत्यु हुनेमा अन्दाजी २०/२१ बर्षीय एक पुरुष रहेको र उनको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको जनाइएको छ। मृतकको हालसम्म सनाखत हुन नसकेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताए।घाइते अर्का एक जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको र बस तथा चालक प्रहरी नियन्त्रणमा रहेको जनाइएको छ। प्रष्टखवरबाट ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*