कोप–२६ सम्मेलनमा कोइला विस्थापनबारे १९० देश र संस्थाद्वारा सहमति

जनपत्र
१८ कार्तिक २०७८, बिहीबार १३:५९

काठमाण्डाै – जलवायु परिवर्तन सम्बन्धी सम्मेलन कोप–२६ मा कोइला विस्थापनबारे १९० देश र संस्थाले सहमति गरेका छन् ।

पोल्यान्ड, भियतनामलगायत कोइला प्रयोग गर्ने मुख्य देशसहित १९० देश तथा संस्थाले कोइला प्रयोग रोक्ने प्रतिबद्धता जनाएको बेलायत सरकारले जनाएको छ । तर प्रतिबद्धतामा कोइलाका प्रमुख प्रयोगकर्ता अस्ट्रेलिया, भारत, चीन र अमेरिकाले हस्ताक्षर गरेका छैनन् ।

जलवायु परिवर्तनका लागि कोइला प्रमुख कारक तत्त्व हो । सहमतिमा हस्ताक्षर गरेका देशहरुले अन्तर्राष्ट्रिय र राष्ट्रिय बजारमा कोइला प्रयोग हुने ऊर्जा उत्पादनमा हुने सबै किसिमका लगानी अन्त्य गर्ने प्रतिबद्धता गरेका बीबीसीले जनाएको छ ।

उनीहरूले सन् २०३० को दशकमा धनी देशमा र सन् २०४० को दशकमा गरिब मानिएका देशमा कोइला ऊर्जालाई विस्थापित गर्न सहमति जनाएका हुन् । चीन र अन्य प्रमुख प्रयोगकर्ता देशलाई सहमति गर्नबाट उन्मुक्ति दिएको भन्दै विज्ञले आलोचना गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*