देउसीको दररेट : उमेर अनुसार एक सय देखि २१ सयसम्म

जनपत्र
१८ कार्तिक २०७८, बिहीबार ०७:५०

मोरङको सुन्दरहरैचा नगरपालिकाले देउसी भैलोलाई दिने दानको अधिकतम दररेट तोकेको छ। बुधबार एक सूचना निकाल्दै नगरपालिकाले उमेर अनुसार दररेट सार्वजनिक गरेको हो। सूचनामा उमेर अनुसार एक सयदेखि २१ सयसम्म अधिकतम दर तोकेको छ।

नगरपालिकाले १५ वर्षसम्मको उमेर समूहका बालबालिकालाई एक सय रुपैयाँसम्म, १५ वर्ष भन्दा माथिको देउसी भैलो समूहलाई ५०० रुपैयाँसम्म, क्लब नाचगान समूहलाई बढीमा ११ सयसम्म र संस्थागत २१ सयसम्म दान दिन आग्रह गरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*