कोरोना महामारीमा पर्यटक उद्धार गर्नेमा नेपाल उत्कृष्ट

जनपत्र
१८ कार्तिक २०७८, बिहीबार ०७:४८

काठमाण्डाै – कोरोना महामारीमा अलपत्र विदेशी पर्यटकको खोजी तथा उद्धारमा उत्कृष्ट कार्य गरेको भन्दै नेपालले बेलायतबाट ‘बेस्ट रेस्पोन्स टु दि प्यानडेमिक’ गोल्ड अवार्ड प्राप्त गरेको छ ।

महामारी नियन्त्रणका लागि गरिएको लकडाउनका बेला नेपालका विभिन्न गन्तव्यमा अड्किएका विदेशी पर्यटकको उद्धारमा सक्रियता देखाएबापत नेपालले विश्व चर्चित वन्डरलस्ट म्यागजिनले बेलायतको किन्सिङ्टन प्यालेस गार्डनमा आयोजना गरेको कार्यक्रममा नेपाललाई यो पुरस्कार प्रदान गरिएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

लण्डनमा आयोजित वर्ल्ड ट्राभल मार्ट (डब्ल्यूटीएम) को अवसरमा एक समारोहका बीच अवार्ड संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई हस्तान्तरण गरिएको थियो । ‘बेस्ट रेस्पोन्स टु दि प्यानडेमिक’ अवार्डका लागि मनाेनयनमा परेका नौवटा देशलाई उछिन्दै नेपालले अवार्ड पाएको हो ।

पर्यटनमन्त्री आले, पर्यटन मन्त्रालयका सचिव यादवप्रसाद कोइराला, बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मी र छ वटा नेपाली पर्यटन व्यवसायी कम्पनी सन् २०२१ नोभेम्बर १ देखि ३ सम्म आयोजना भएको डब्ल्यूटीएममा सहभागी भएका बोर्डले जनाएको छ ।

लकडाउनमा बोर्डले स्ट्रयान्डेड इन नेपाल अनलाइन अभियान सञ्चालन गरी कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी), जिल्ला प्रशासन कार्यालय, पर्यटक प्रहरी, पालिका तथा पर्यटनसँग सम्बन्धित सङ्घ संस्थाको समन्वयमा नेपालका विभिन्न ३३ वटा गन्तव्यमा अलपत्र परेका एक हजार सत सय २१ जना विदेशी पर्यटकलाई उद्धार गरेको थियो ।

यस्तै बोर्डले रिपाट्रिएशन फ्लाइटमार्फत झण्डै पाँच हजारभन्दा विदेशी पर्यटकलाई स्वदेश फिर्ता गर्न सहयोग गरेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*