प्रदेश ३ को संसद बैठकमा चितवनको घटनाले चर्काचर्की

जनपत्र
९ जेष्ठ २०७६, बिहीबार ०६:०८

हेटौँडाः ३ नम्बर प्रदेशसभाको बुधबारको वैठकमा चितवनको घटनलाई लिएर चर्काचर्की परेको छ। पूर्वपश्चिम राजमार्गअन्तर्गत भरतपुरको गोन्द्राङमा रहेको सडक बोर्डको दस्तुर संकलन केन्द्रमा गत शुक्रबार भएको आगजनी र तोडफोड घटनामा प्रहरी सहायक निरीक्षक कल्पना खड्का जलेर घाइते भएको विषयले संसदमा हंगामा मच्चाएको हो। प्रदेशसभामा विशेष समय लिएर नेकपाको तर्फबाट संसदीय दलका सचेतक रामेश्वर फुँयालले चितवनको घटनाको दोषीलाई कुनै पनि हालतमा कारबाही गर्न माग गरेका थिए। सरकारको ध्यानाकर्षण गराउँदै गोन्द्राङको घटनाप्रति दुःख व्यक्त गरेका थिए।

नेकपाको उक्त धारणालगत्तै नेपाली कांग्रेसको तर्फबाट प्रभात तामाङले उक्त घटना सुनियोजित भएको भन्दै सुरक्षाकर्मीमाथि नै हमला भएपछि सुरक्षाको प्रत्याभूति कसरी हुन्छ भनेर प्रश्न गरेका थिए। उनले घटनामा नेकपाको झण्डा प्रयोग भएको दाबी गर्दै नेकपाका कार्यकर्तालाई सरकारले कारबाही गर्न नसक्नु लाचारीपन भएको आरोप लगाए। यस्तै राप्रापा संयूक्तकी प्रदेश सभा सदस्य रीना गुरुङले प्रदेश सांसद कृष्ण खनालको प्रत्यक्ष सहभागितामा घटना भएकोले नेकपाको आडमा दोषीलाई उन्मुक्त नगर्न प्रदेश सरकारलाई चेतावानी दिएका थिए।

वार्ता हुँदाहुँदै घटनालाई अतिरञ्जित गरिएको भन्दै कैलालीको घटनाको झल्को दिने बताएकी थिइन्। प्रदेशसभाका अन्य सांसदहरूले पनि घटनाप्रति दुःख व्यक्त गर्दै दोषीलाई कारबाही गर्न माग गरेका थिए। यस्तै, बुधबार नै भएको प्रदेशसभाको राजधानीसम्बन्धी कार्यविधि पनि पारित भएको छ। बुधबारको प्रदेशसभाको वैठकमा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि पनि छलफल भएको थियो। ३ दिनदेखि जारी छलफलमा बुधबार १५ जना प्रदेशसभा सदस्यले आफ्नो मत राखेका थिए। थाहा खबरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*