उतारचढावपछि नेप्से साढे ५ अङ्कले बढ्यो, ६ अर्ब ५५ कराेड रुपैयाँको कारोबार

जनपत्र
१७ कार्तिक २०७८, बुधबार १५:१९

काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से आज बुधवार सामान्य बढेको छ । बजार खुलेदेखि बढ्न थालेको नेप्से साढे दुई बजेसम्म पुग्दा भने २० अङ्कले घटेको थियो । तर बजार बन्द हुने बेलामा नेप्से पाँच दशमलव २२ अङ्कले बढेर दुई हजार आठ सय ४८ दशमलव ८४ विन्दुमा पुगेको हो ।

आज बैंकिङ, विकास बैंक, जलविद्युत्, फाइनान्स, माइक्रोफाइनान्स, उत्पादन र अन्य समूहको शेयर सामान्य बढेको छ । बीमा, लगानी, होटल र व्यापार समूहको शेयर भने घटेको छ ।

आज दुई सय २९ कम्पनीका ९९ लाख ९५ हजार कित्ता शेयर ६ अर्ब ५५ करोड ३० लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नबिल बैंकको एक अर्ब १७ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।

आज महालक्ष्मी विकास बैंक, साहस ऊर्जा र आईसीएफसी फाइनान्सको शेयर १० प्रतिशतले बढेको छ । छ्याङ्दी हाइड्रो कम्पनीको शेयर भने सबैभन्दा धेरै साढे पाँच प्रतिशतले घटेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*