तिहार र छठ मनाउन गाउँ फर्किनेलाई कोरोना विरुद्धको खोप

जनपत्र
१७ कार्तिक २०७८, बुधबार १४:०७

काठमाण्डाै – तिहार र छठ मनाउन गाउँ फर्किनेहरुलाई धमाधम कोरोना विरुद्धको खोप लगाउन सुरु गरिएको छ ।

सरकारले तिहार तथा छठ मनाउन काठमाण्डौ उपत्यकाबाट गाउँ फर्किने नागरिकहरुलाई उपत्यकाका विभिन्न ठाउँहरुबाट कोरोनाविरुद्धको खोप लगाइरहेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार तिहार र छठ मनाउन गाउँ फर्किनेहरुलाई काठमाण्डौ उपत्यकाको बल्खु, कोटेश्वर, गोङ्गबु र कलङ्की चोकमा कोरोनाविरुद्धको खोप अभियान सञ्चालन भइरहेको छ ।

कोरोना विरुद्धको खोप लगाउन दिएको खबर सञ्चारमाध्यमबाट सुनेपछि कोरोनाविरुद्धको खोप लगाउन आएकाे नागरिकहरुले बताएका छन् ।

उनीहरुले सरकारले गरेको यो कार्यक्रम उचित रहेको प्रतिक्रिया दिएका छन् । उनीहरुले कोरोनाविरुद्धको खोप लगाउन पाउँदा आफूले सुरक्षित महसुस गरेको बताएका छन्।

मन्त्रालयका अनुसार दुई दिनसम्म सञ्चालन हुने खोप अभियान बिहान ७ बजेदेखि बेलुका ४ बजेसम्म हुनेछ । हिजाेदेखि सुरु भएको खोप अभियान नागरिकले आफ्नो परिचयपत्र देखाएर लगाउन सक्नेछन्।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*