च्याम्पियन्स लिग : बार्सिलोनाले डाइनामो किभ र बार्यनले बेनफिकालाई हरायो
काठमाण्डाै – यूईएफए च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाले डाइनामो किभलाई १–० ले हराएको छ ।
बार्सिलोनाका अन्सु फातीले खेलको ७० औं मिनेटमा गरेको गोल नै निर्णायक भयो । समूह ‘ई’ मा रहेको बार्सिलोना दोस्रो जितका साथ ६ अङ्क जोड्दै दोस्रो स्थानमा रहेको छ ।
यो समूहमा बार्यन म्युनिख शतप्रतिशत जितका साथ शीर्ष स्थानमा रहेको छ । गएराति भएको खेलमा बार्यनले बेनफिकालाई ५–२ गोलले हराएको हो । बार्यनको जितमा रोबर्ट लेवान्डोस्कीले ह्याट्रिक गरे ।
त्यस्तै सर्जी गानबी र लोरियो सानेले एक/एक गोल थपे । मोराटाले एक गोल फर्काए । जितसँगै बार्यनको १२ अङ्क भएको छ ।