बागमतीमा ‘‘प्रदेश बीउ बिजन ऐन’’ कार्यान्वयनको चरणमा

जनपत्र
१७ कार्तिक २०७८, बुधबार ०८:१२

टौंडा । बागमतीमा ‘‘प्रदेश बीउ बिजन ऐन’’ कार्यान्वयनको चरणमा गएको छ । प्रदेश बीउ बिजन प्रयोगशालालाई प्रदेश बीउ बिजन तोक्न प्रदेशको मन्त्रीपरिषद बैठकले स्वीकृत गरेसंगै कार्यान्वयनको चरणमा गएको हो । अब राजपत्रमा सूचना प्रकासन गर्ने चरणमा पुगेको प्रदेशको भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिब डाक्टर शरण कुमार पाण्डेले वताउनुभयो ।

प्रदेश बीउ बिजन गुणस्तर नियन्त्रण केन्द्रको स्थापना भएपछी प्रदेश स्तरमा यसमा काम गर्न सहज हुने उहाँले वताउनुभयो । यसको स्थापनापछी बीउ बिजनका गुणस्तर नियन्त्रण सम्वन्धी कार्य गर्न तथा समितिको सचिवालयको रुपमा काम गर्न प्रदेश सरकारले राजपत्रमा सूचना प्रकासन गरी काम सुरु गर्ने चरणमा पुगेको हो ।

अब भने प्रदेश बीउ बिजन व्यवस्थापन समितिलाई पूर्णता दिने चरणमा रहेको सचिब पाण्डेले वताउनुभयो । यस समितिमा भूमि व्यावस्था कृषि तथा सहकारी मन्त्रालयका सचिबको अध्यक्षतामा समिति बन्ने कानूनी व्यवस्था छ ।

यसैगरी सदस्यहरुमा कृषि विकास निर्देशनालयका प्रमुख, नेपाल कृषि अनुशंधान परिषद बागमती प्रदेशबाट तोकेको सदस्य, बीउ बिजन कम्पनि लिमिटेडबाट एक जना, मन्त्रालयद्वारा मनोनित बागवानी, खाद्यान्न, नगदेवाली, बिज्ञानसंग सम्वन्धीत विशेषज्ञबाट एक जना, बीउ बिशेषज्ञ कृषि तथा वन बिश्व बिद्यालयका सह प्रध्यापक, बागमती प्रदेशको नेपाल बीउ व्यावसायी संघको शिफारिसमा मन्त्रालयले मनोनित गरेको बीउ बिजन उद्यमीहरु मध्यबाट कम्तीमा एक जना महिला सहित दुइ जना, प्रदेशको बीउ उत्पादक संघको सिफारिसमा मन्त्रालयले मनोनित गरेको कम्तिमा एक जना, महिला सहित दुइजना सदस्य रहने व्यावस्था गरिएको छ ।

यसैगरी यस समितिको सदस्य सचिबमा प्रदेश बीउ बिजन गुणस्तर केन्द्रका प्रमुख रहनुहुने व्यावस्था गरिएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीले वताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*