हेटौंडाको श्रीकृष्ण आदर्श इङलिस बोडिङ स्कुलको देउसीभैलो कार्यक्रम
हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–९ लामसुरेमा रहेको श्रीकृष्ण आदर्श इङलिस बोडिङ स्कुलको आयोजानमा देउसी भैलो कार्यक्रम भएको छ । बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुले देउसी भैलो कार्यक्रम संगै बिभीन्न गीतमा नाच र गायन प्रस्तुत गरेका छन् ।
कार्यक्रमका प्रमुख अतिथी हेटौंडा–९ का वडा अध्यक्ष लक्ष्मण प्रसाद भण्डारीले देउसी भैलो कार्यक्रमले चार्डपर्बको महत्व झल्काउने वताउनुभयो ।
बिद्यालयका सञ्चालक तथा प्रिन्सीपल नविन केसीको अध्यक्षतामा भएको कार्यक्रममा प्याप्सनका केन्द्रीय सदस्य मदन कुमार दाहाल, प्याप्सन मकवानपुरका कोषाध्यक्ष लक्ष्मी श्रेष्ठ, सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष राम विष्ठ, उपभोक्ता मन्च बागमती प्रदेशका अध्यक्ष बासुप्रसाद खतिवडा लगायतकाको आतिथ्यता रहेको थियो ।