आज दाेस्राे दिन पनि काेराेना सङ्क्रमण दर ५ प्रतिशतभन्दा तल झर्‍याे

जनपत्र
१६ कार्तिक २०७८, मंगलवार १७:२१

काठमाण्डाै – आज मङ्गलवार लगातार दोस्रो दिन पनि कोरोना सङ्क्रमण दर पाँच प्रतिशतभन्दा तल झरेको छ ।

२४ घण्टामा १० हजार दुई सय ८७ जनाको नमुना परीक्षण गर्दा चार दशमलव ५५ प्रतिशत अर्थात् चार सय ६९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । हिजो साेमवार पनि सङ्क्रमण दर साढे चार प्रतिशतमै सीमित थियो ।

यस्तै पछिल्लो २४ घण्टामा थप पाँच सय ५५ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ९२ हजार आठ सय ३२ पुगेको छ ।

यही अवधिमा ११ जना काेराेना सङ्क्रमितको ज्यान गएकाे छ । याेसँगै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेकाे सङ्ख्या ११ हजार चार सय २७ पुगेको छ । अहिले नौ हजार एक सय ७४ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

यस्तै २४ घण्टामा थप ८० हजार आठ सय १८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । यसैबीच सरकारले अहिलेसम्म एक करोड ६० लाख मात्रा खोप लगाएको छ । मन्त्रालयका अनुसार अहिलेसम्म एक करोड ६० लाख चार हजार एक सय २७ मात्रा खोप लगाइएको छ । यसमध्ये ७३ लाख २४ हजार नौ सय २९ जनाले पूर्ण मात्रा र ८६ लाख ७९ हजार एक सय ९८ जनाले कम्तीमा एक मात्रा खोप लगाएका छन् ।

१८ वर्षमाथिकाे जनसङ्ख्या एक करोड ९९ लाख २२ हजारमध्ये ३६ दशमलव आठ प्रतिशतले पूर्ण मात्रा र ४३ दशमलव ६ प्रतिशतले एक मात्रा खोप लगाएका मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*