राजेन्द्र राई मुख्यमन्त्री नियुक्त, आजै शपथ
काठमाण्डाै – प्रदेश नं १ को मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) काे प्रदेश संसदीय दलका नेता राजेन्द्र राई नियुक्त हुनुभएको छ ।
नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम उहाँलाई प्रदेश नं १ का प्रमुख सोमनाथ अधिकारीले मुख्यमन्त्री पदमा आज मङ्गलवार नियुक्त गर्नुभएको हो ।
नवनियुक्त मुख्यमन्त्री राईले आजै आफ्नो पद तथा गोपनीयताको शपथ लिनुहुनेछ ।
यसअघि हिजाे प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यको राजीनामासँगै गठबन्धन दलका सांसदहरूले नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईको नेतृत्वमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख सोमनाथ अधिकारी समक्ष दाबी पेस गरेका थिए ।
मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएका राईको पक्षमा ५० जना सांसदले हस्ताक्षर गरेका थिए ।