प्रधानमन्त्री देउवा र माेदीबीच भेटवार्ता

जनपत्र
१६ कार्तिक २०७८, मंगलवार १६:३८

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज मङ्गलवार भेटवार्ता भएकाे छ । स्कटल्यान्डको ग्लास्गोमा उहाँहरूबीच आज औपचारिक भेटवार्ता भएकाे हाे ।

भेटवार्ताका क्रममा उहाँहरूबीच द्विपक्षीय सम्बन्ध र सहकार्यका बारेमा छलफल भएकाे परराष्ट्र मन्त्रालयले जनाएकाे छ ।

यसअघि हिजो जलवायु सम्मेलनका क्रममा दुई नेताबीच अनौपचारिक भेटवार्ता भएको थियो । जलवायु सम्मेलनकै क्रममा प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्री मोदीसहित बेलायतका प्रधानमन्त्री बोरिस जोनसन, राष्ट्र सङ्घीय महासचिव एन्टोनियो गुटरेसलगायत विश्वका नेताहरूसँग अनौपचारिक भेटघाट गर्नुभएको थियो ।

हिजो सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले उच्च हिमाली क्षेत्रको विशिष्ट जलवायु सङ्कटलाई पहिचान गर्न र जलवायुसँग सम्बन्धित हरेक छलफलमा हिमालय एजेन्डालाई उच्च प्राथमिकतामा राख्न विश्वका नेताहरूसँग आग्रह गर्नुभएको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*