प्रदेश २ काे प्रादेशिक प्रयोगशाला विस्तार, निजीमा जानुपर्ने बाध्यता हट्याे
काठमाण्डाै – प्रदेश २ मा रहेको प्रादेशिक प्रयोगशालालाई विस्तार गरिएको छ । विगतमा कोराेनाको मात्रै जाँच हुँदै आएको प्रयोगशालामा सर्ने र नसर्ने रोगहरुको जाँचको आवश्यक उपकरणहरु खरिद गरी प्रयोगशालालाई विस्तार गरिएको हो ।
निजी प्रयोगशालामा जाने उपभोक्ताहरुलाई महँगो शुल्क तिर्नुपर्ने बाध्यता रहेको थियो । तर प्रदेश सरकारको आर्थिक सहयोगमा प्रयोगशालामा उपकरणहरु थप गर्दै जाँचको दायरालाई समेत फराकिलो बनाएपछि निजी प्रयोगशालामा महंगो रकम तिर्नुपर्ने बाध्यता हटेको हो ।
प्रदेश दुईका समाजिक विकासमन्त्री नवलकिशाेर साहले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा चाहेर पनि विकास गर्न नसकेको बताउनुभयो । उहाँले कोरोना लगायतका विविध कारण यसको बाधक बनेको बताउनुभयो । उहाँले प्रयोगशालामा उपकरण थपिएसँगै जनताको स्वास्थ्य जाँचमा सहजता आउने उहाँकाे भनाइ छ ।
मन्त्री साहले भन्नुभयो, ‘जसको लागि भइरहेको छ, त्यसको उपस्थिती छैन,यो आम जनताको लागि भइरहेको छ, प्रदेशमा स्वास्थ्य स्थिती बदल्ने सरकारको प्रयास हो, कोरोनाको कारणले २ साल यता धेरै कुरा हुन सकेन ।’
यस्तै कार्यक्रममा बोल्दै प्रयोगशालाका निर्देशक श्रवण मिश्रले प्रयोगशालामा धेरै प्रकारको जाँच हुने र यसबाट जनतालाई धेरै सहयोग पुग्ने बताउनुभयो ।
‘जनता प्रयोगशाला जाँचकै लागि भएपछि अन्यत्र जानुपर्ने बाध्यता रहेको थियो । अब उनीहरुको लागि पैसा र समय दुबै वचत हुने भयाे’, निर्देशक मिश्रले भन्नुभयो, ‘राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जे जँच गर्छ, यहाँ सबै किसिमको जाँच हुन्छ, प्रदेशमा पब्लिक हेल्थ राखेका छौँ, यसबाट जनतालाई धेरै सहयोग पुग्छ, पैसा र समय दुबै वचत हुन्छ, प्रदेश सरकारले पालिका स्तरसम्म नै यसको दायरा बढाउनुपर्छ ।’