सामलिङ्ग पावर कम्पनीको आईपीओ बाँडफाँट

जनपत्र
१६ कार्तिक २०७८, मंगलवार १२:४०

काठमाण्डाै – सामलिङ्ग पावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । शेयर निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा आईपीओ बाँडफाँट भएको हो ।

सामलिङ्ग पावर कम्पनीको आईपीओ प्रति कित्ता १० का दरले ६७ हजार आठ सय ९० जनाले पाएका छन् । २१ लाख ९८ हजार सात सय ६४ जनाले आवेदन दिएकोमा ९ हजार नौ सय ८६ जनाको आवेदन रद्द भएको छ ।

योग्य २१ लाख ८८ हजार सात सय ७८ जनामध्ये ६७ हजार आठ सय ९० जनाले प्राप्त गरेका कम्पनीले जनाएको छ । कम्पनीले इलामको माईबेनी जलविद्युत आयोजना सञ्चालन गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*